post-slider post-slider

निर्वाण चौधरी अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली 

Image
A A

काठमाडौं, माघ ५ - नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलो पटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन्। 

बिहीबार राति स्वीटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन्।

उनले सो संवादको क्रममा हिमालय क्षेत्रमा पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिएका छन्। 

उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन्। 

‘विश्वभरि पानीको संकट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब दुई अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै एक लाख मेघावट बिजुली उत्पादन गर्न सकिने छ तर हामी अहिले २–३ हजार मेगावट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ।’

दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिनेदेखि त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सालाई मध्यनजर गरेर बजार विस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन्।

Tags: