post-slider post-slider

प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्न – एनसेल खरिदबिक्रीमा तपाईंको परिवार जोडिएको छ कि छैन?

Image
A A

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले एनसेलको सेयर खरिदबिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसमेत संलग्न छ कि छैन भनेर प्रश्न गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित रहेको समितिको मंगलबारको बैठकमा सांसदहरूले यो प्रश्न गरेका हुन्।

एनसेलको खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीको परिवारका सदस्य नै जोडिएको भन्ने कुरा आएको भन्दै सांसदहरूले प्रश्न गरेका छन्।

सत्तारुढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिदबिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए।

‘एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस्,’ चौरसियाले भने।

कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल सेयर खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताए।

कांग्रेस सांसद इश्वरी न्यौपानले प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने बताइन्।

प्रमुख प्रतिपक्षी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका थिए।

 

Tags: