post-slider post-slider

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरणको प्रतिवेदन सीआइबीले सरकारी वकिल कार्यालयमा  बुझायो

Image
A A

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप हालसम्म ८ जनामाथि सीआइबीले अनुसन्धान गरिरहेको हो।

मंगलबार भने सीआइबीले ६ जनामाथिको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।

ब्यूरोले यस प्रकरणमा रामबाबु यादव, रञ्जित यादव, एलिना साह, अमित चौधरी, मनित चौधरी र श्रद्धा शिल्पकारमाथीको अनुसन्धान सकेको हो।

सीआइबीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोजन पत्र बनाएर अदालतमा मुद्दा दायर गर्ने छ।

यही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि पक्राउ परेका थिए। उनी केहि दिनमै रिहा भएकोमा अनुसन्धान भने जारी छ।

यही मुद्धामा नखिन अख्तरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Tags: