post-slider post-slider

दाङमा गोली हानेर महिला प्रहरीको हत्या, उनकै श्रीमान् हवल्दार पक्राउ

Image
A A

दाङ, फागुन  ४ - दाङमा गोली हानेर महिला प्रहरीको हत्या भएको छ।

घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।

गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख रामबहदुर केसीले जानकारी दिए।

झाँक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत् प्रहरी रहेको बुझिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Tags: