post-slider post-slider

नेम्वाङका दुई छोराले दिए श्रद्धाञ्जली

Image
A A

काठमाडौं- दिवंगत संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन्।

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र कान्छा छोरा सुहाङ अस्ट्रेलियाबाट नेपाल आएका हुन्।

नेपाल आएलगत्तै उनीहरू एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।

नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको छ। उनको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय यसअघि नै गरिसकेको छ। साथै उनको अन्त्येष्टि हुने दिन देशभर शोक बिदा दिने सरकारले निर्णय गरेको छ।

संविधानसभा अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।

 

Tags: