post-slider post-slider

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

Image
A A

काठमाडौं- विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरको छ।

विशेष अदालतले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय बराबर बिगो र सोही बराबर जरिवान हुने फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसदा थारूको इजलासले यस्तो फैसला सुनाएको हो।

विशेषले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्तिसमेत जफत हुने फैसला सुनाएको छ।

खड्काले १८ करोड ६६ लाख रूपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दरूपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति खड्काले लुकाएको अभियोगपत्रमा दाबी गरेको थियो।

निगमका कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा उनी मुछिएका थिए।

निगमको जग्गा खरिदसम्बन्धी विवाद हाल अख्तियारमा तामेलीमा रहेको छ।

 

Tags: