लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्री बर्खास्त
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रको तर्फबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।
अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ। मुख्यमन्त्रीले दुई वटै मन्त्रालय आफूसंगै राखेका छन्।