सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं, चैत २ - सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ।
आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।
सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन्।
उक्त प्रतिवेदनमा सुन तस्कर भगाएको र प्रमाण नष्ट गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोकी एआइजी किरण बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको थियो।