post-slider post-slider

भारतको ‘चन्द्रक्रान्ति’, चन्द्रसहतमा डुल्न थाल्यो ‘रोभर’

Image
A A

काठमाडौं- भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पु¥याएको प्रज्ञान रोभरले चन्द्रमा सतहमा पहिलो यात्रा सुरू गरेको छ।

इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रम अवतरण गराएको एक दिनपछि ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो।

चन्द्रयान–३ ले लगेको ‘विक्रम’ नामक ल्यान्डरबाट ‘प्रज्ञान’ नाम भएको रोभर बिहीबार ¥याम्पको सहयोगमा बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको हो।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले ‘भारत चन्द्रमामा हिँडेको’ बताएको छ।

विक्रम ल्यान्डर योजनाअनुरूप नै बुधबार साँझ चन्द्र सतहमा सकुशल अवतरण भएको थियो।

यससँगै अमेरिका, तत्कालीन सोभियत संघ र चीनपछि भारत चन्द्रमामा सकुशल अवतरण गर्ने देश बनेको छ।

प्रज्ञान नामक रोभरको तौल २६ केजी रहेको छ। संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ। यो रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो।

यसरी चन्द्र सतहमा ओर्लियो प्रज्ञान

बुधबार साँझ अवतरणका क्रममा उडेको धुलो कम भएपछि विक्रमको एकापट्टी भएको ढोका खुलेको थियो।

यो ढोकाबाट प्रज्ञानलाई चन्द्रमाको सहतमा ओराल्न बनाइएको भ¥याङ (¥याम्प) बाहिर निस्किएको थियो। र, त्यसबाट प्रज्ञान चन्द्र सतहमा ओर्लियो।

त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर यो रोभरले महत्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ।

प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्नेछ।

प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ। ल्यान्डरले चन्द्रयान–२ ले यसअघि नै छोडेको अर्बिटरमा सूचना पठाउँछ।

अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान–२ ले यी सूचनाहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ।

भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार रोभर प्रज्ञान एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ।

आफ्नो प्रत्येक चालमा यसले आफ्ना ६ वटा पांग्रामा जडान गरिएको इसरोको लोगो र प्रतिकचिह्न माटोमा बनाउने छ।

चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लुनर डे’ को आरम्भकै दिन भारतले प्रक्षेपण गरेको रोभरयुक्त ल्यान्डर चन्द्रमामा अवतरण गरेको थियो।

चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ। त्यसको अर्थ ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुनका लागि १४ दिन निरन्तर सूर्यको प्रकाश पुग्छ।

तर रात पर्दा ब्याट्रीमा चार्ज नहुने भएकाले तिनले काम गर्न छोड्छन्। चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम र्गछ वा गर्दैन भन्ने स्पष्ट छैन।

यद्यपि इसरोका वैज्ञानिकहरूले चन्द्रमाको अर्को दिनमा पनि काम गर्न सक्ने गरी ल्यान्डर र रोभरमा उपकरण जडान गरिएको बताएका छन्।

यो ल्यान्डरले अन्य कैयौं वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगाउन सहयोग गर्छन्।

चन्द्रमामा महत्पूर्ण खनिजहरू भएको विश्वास गरिन्छ। तर, चन्द्रयान–३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु हो।

वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी धु्रवमा रहेका ठूला खाडलहरूमा सँधै छाया पर्ने भएका कारण त्यहाँ बरफ जमेको हुनसक्ने र त्यसले भविष्यमा त्यहाँ जाने मानिसलाई सहयोग पुग्ने बताउने गरेका छन्।

मंगल वा टाढाका अन्य ग्रहहरूमा अन्तरिक्षयान पठाउनका लागि प्रपलेन्ट अर्थात इन्धन आपूर्तिका लागि पनि यो स्थान काम आउन सक्ने उनीहरूको ठम्याइ छ।

बुधबार चन्द्रमाको सतहमा अवतरण हुनुअघि ल्यान्डरले असुरक्षित गतिमा उचाइ कम गर्दै गएपछि केहीबेर चिन्ताजनक स्थिति बनेको थियो। तर, ल्यान्डरको गति प्रतिसेकेन्ड १.६८ किलोमिटरबाट घटाएर करिब शून्य बनाउँदै सुरक्षित अवतरणका लागि तयार गरिएको थियो।

कुनै पनि देश नपुगेको ठाउँ

यो ऐतिहासिक क्षणपछि भारतभर उत्वस मनाइयो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत अब चन्द्रमामा पनि’ भन्दै थपे,‘अरू कुनै पनि देश नपुगेको ठाउँमा हामी पुग्यौं।’

रूसको लुना–२५ अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरणका क्रममा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको केही दिनमै भारतको अभियान चन्द्रमामा सफल अवतरण भएको हो।

रूसको अन्तरिक्षयानमा भएको दुर्घटनाले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको अप्ठ्यारो सतह चर्चामा आएको थियो।

त्यहाँको सतह समथर नरहेको र ठूला खाडलहरू तथा चट्टानले भरिएको बताइएको छ।

 

Tags: