post-slider post-slider

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जाने भएका छन्। 

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जान लागेको जानकारी दिइन्।

मन्त्रिपरिषद बैठकले उनको न्युयोर्क भ्रमण स्वीकृत गरेको मन्त्री शर्माले बताइन्।

यसैगरी बैठकले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय पनि गरेको छ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृतिसमेत प्रदान गरेको छ।

त्यस्तै धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख रूपैयाँ अनुदान सहायता स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

 

Tags: