post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई चिह्न प्रदान

Image
A A

काठमाडौं - राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुलाई चिह्न प्रदान गरिएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।

सातवटै प्रदेस निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

११ माघमा हुने निर्वाचनका लागि गत पुस २३ गते उम्मेदवारी दर्ता भएको थियो।

आयोगका अनुसार रिक्त हुन लागेको १९ जना राष्ट्रियसभा सदस्यका लागि ५१ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। 

कोसी प्रदेसमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा ८ र लुम्बिनी प्रदेसमा ६ जना उम्मेदवार छन्।

त्यस्तै कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेसमा ६–६ जनाको उम्मेदवारी दर्ता भएको छ।

सातै प्रदेसमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका छन्।

 

Tags: