post-slider post-slider

‘सरकार परिवर्तन भए पनि संसद पूर्णकाल चलोस्’

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद पूर्ण कार्यकाल चल्नुपर्ने बताएका छन्।

धनुषाको मुखियापट्टी मुसहरिनयास्थित स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार परिवर्तन हुँदैमा अस्थिरता भएको भन्न नमिल्ने बताए।

‘संसद विघटन नहोस्, सरकार परिवर्तन भए पनि केही फरक पर्दैन। तर, संसद विघटन हुनु भएन,’ निधिले भने,‘२०८४ मै अर्को निर्वाचन होस्, राजनीतिक स्थिरताको परिभाषालाई हामीले यसरी नै लिएका छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सम्बोधनमा गरेका प्रतिवद्धताहरू कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको उनले बताए।

‘प्रधानमन्त्रीको सम्बोधन सुनेका छौं। उहाँले भन्नु भएको छ कसैलाई माफ गर्दिनँ भनेर र यो आफूमाथि पनि लागू हुन्छ। हामीले हेर्न चाहेका छौं आगामी दिनमा उहाँले कसरी कार्यान्वयन गर्नुहुन्छ अनिमात्रै केही टिप्पणी गर्न सकिन्छ,’ निधिले भने।

सहकारीको नाउँमा केही पार्टीका नेताहरूले फर्जी गरेको सामाचारहरू आएको बताउँदै उनले यस्ता गतिविधिहरूको कडाइका साथ छानबिन हुनुपर्ने जिकिर गरे।

‘सहकारीको नाउँमा नयाँ खुलेका पार्टीका नेताले फर्जी गरेको सुनिन्छ। सहकारीलाई अवैध कामका लागि प्रयोग गरिएको छ,’ निधिले भने,‘नियम कानुनको दुरूपयोग भएको छ। यस्ता गतिविधि रोकिनुपर्छ, यसमा संलग्नहरू कानुनी दायरमा आउनुपर्छ।’

सहकारीले गरिबी निवारणका लागि ठूलो सहयोग पु¥याएको बताउँदै उनले बचत गर्ने बानी बसाल्न आग्रह गरे।

निधिले सहकारी क्षेत्रले राज्य र सरकारजस्ता निकायबाट उचित महत्व पाउन नसकेको बताए।

 

Tags: