post-slider post-slider

अनवारुल हक काकड पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री

Image
A A

काठमाडौं- पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवारुल हक काकड नियुक्त भएका छन्।

राष्ट्रपति आरिफ अल्वीले बलुचिस्तान आवामी पार्टीका सिनेटर काकडलाई शनिबार कार्यवाहक प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

उनी पाकिस्तानका आठौं र अहिलेसम्मकै युवा कार्यवाहक प्रधानमन्त्री हुन्।

काकड चुनाव सम्पन्न नहुन्जेल कामचलाउ सरकारको नेतृत्व गर्नेछन्। पाकिस्तानको संसद भंग भएको तीन दिनपछि उनलाई कार्यवाहक प्रधानमन्त्री बनाउन सहमति जुटेको हो।

नेसनल एसेम्बली (संसद) र राज्यको विधानसभा विघटन भएको ९० दिनभित्र चुनाव गराउनुपर्ने पाकिस्तानको संविधानले व्यवस्था गरेको छ।

काकड बलुचिस्तानको पश्तुनोंस्थित जनजाति समूदायका हुन्।

 

Tags: