post-slider post-slider

एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल दुई मतले विजयी

Image
A A

काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले निर्वाचित भएका छन्। 
 
गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए। कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्। 

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्। उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन्। उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन्। 

1-1693958387.jpg

Tags: