post-slider post-slider

एमालेबाट हटाइए केशव स्थापित

Image
A A

काठमाडौं- नेकपा एमालेले दुई नेतालाई पार्टीबाट बिदा गरेको छ। 

नेकपा एमालेले पूर्वमन्त्री एवं प्रदेससभा सदस्यसमेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिरहा) लाई पार्टीबाट हटाएको हो।

सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थापित र यादवलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।

त्यस्तै पूर्वमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य मणि थापालाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ। माओवादी पृष्ठभूमिका थापा नेकपा विभाजनका बेला एमालेमा बसेका थिए।

स्थापित २०७९ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।

स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन्।

पार्टीमा रहेर पनि सक्रिय नहुने नेताहरूलाई क्रमशः हटाउँदै जाने नीतिअनुसार दुई नेतालाई हटाइएको बताइएको छ।

 

Tags: