post-slider post-slider

मनाङ एअरको उडान अनुमतिपत्र निलम्बन

Image
A A

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ। पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकोले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

अब मनाङसँग उडानयोग्य जहाज र उडान सुरक्षाको भरपर्दो प्रतिबद्धतापछि मात्रै उसलाई एओसी दिइने उनको भनाइ छ। मनाङको एउटा हेलिकप्टर गएको जुलाई ११ तारिखमा सुर्केबाट काठमाण्डौ आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने अर्को आज  दुर्घटनामा परेको छ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए। उनले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कातिर उडान अनुमति निलम्बन भएको बताए।

उनले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिए। मनाङ एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ। बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो। 

Tags: