post-slider post-slider

टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शन

Image
A A

काठमाडौं- सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

सोमबार माइतीघर मण्डलामा टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शन भएको हो।

टिकटक प्रतिबन्ध खारेज गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएका प्लेकार्ड बोकेर युवाहरू प्रदर्शनमा उत्रेका हुन्।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा १० बढी रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ।

सर्वोच्च अदालतमा रिटमाथि सुनुवाइ सुरू हुनुअघि युवाहरू टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शनमा उत्रिएका हुन्।

समाजिक सद्भाव बिगार्न भूमिका खेलेको भन्दै सरकारले कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

 

Tags: