post-slider post-slider

चीनद्वारा २६ करोड बराबरको राहत हस्तान्तरण

Image
A A

काठमाडौं- जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चीन सरकारले राहत सामग्री प्रदान गरेको छ।

चीनले २६ करोड बराबरको राहत सामग्री नेपाल सरकारलाई सहयोग गरेको हो।

राहत सामग्री चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

भूकम्पपीडितका लागि राहत सामग्री बोकेर आएको चिनियाँ जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

 

Tags: