post-slider post-slider

धार्मिक र सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले एकथरी मानिसले जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कतै न कतै असहिष्णुता, सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए।

प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपाल योद्धाको रूपमा प्रस्तुत हुने बताए।

उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसंख्याको हिसाबले अति कम विकसित र विकासोन्मुख मुलुकले बेहोर्नुपरिरहेको जिकिर गरे।

गरीब देशमध्ये पनि बालबालिका, महिला र अशक्तलाई यसको सबैभन्दा बढी जोखिम भएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रूपमा कोप २८ मा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे।

 

Tags: