post-slider post-slider

रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा बस्दै

Image
A A

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ।

महोत्तरी सदरमुकाम जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सोमबारदेखि तीन दिनसम्म बैठक बस्ने जानकारी दिए।

उनका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेस सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक अनुशासनसम्बन्धी प्रतिवेदन पेस हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति तथा महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ।

बैठकमा सहभागी हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टीका सांसदहरू पुग्ने क्रम जारी रहेको परियारले जानकारी दिए।

Tags: