post-slider post-slider

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ सार्वजानिक

Image
A A

काठमाडौँ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजानिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उक्त सर्वेक्षण  सार्वजानिक गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले समग्रमा उक्त सर्वेक्षणले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाए पनि केहि स्वास्थ्य समस्यामा सकारात्मक र केहि विकराल अवस्था देखिएको बताए । 

यस सर्वेक्षणले आगामी दिनमा कार्यदिशा निर्देशन गरेको उनको भनाई छ । 

यस सर्वेक्षणले प्रजनन स्वास्थ्य वाल स्वास्थ्य पोषण सुधार भएको देखाएको स्वास्थ्य सचिव देव कुमारी गुरागाईंले बताइन्। 

यो सर्वेक्षण १४ हजार २८० घरधुरीमा स्याम्पलिङ विधिबाट गरिएको हो । 

यस अध्ययन १५ देखि ४९ उमेर समुहका मानिसमा अन्तवार्ता विधिबाट गरिएको हो । 

यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणलाई अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (यूएसआईडी) बाट आर्थिक सहयोग प्राप्त भएको थियो । यस सर्वेक्षणको लागि अमेरिकी सहयोग नियोगद्वारा आर्थिक र आईसिएफ बाट प्राविधिक सहयोग उपलब्ध भएको हो।

यस सर्वेक्षण हरेक पाँच वर्षमा गरिन्छ । सन् १९९६ बाट पारिवारिक स्वास्थ्य सर्वेक्षण नामबाट सुरुवात भएको यस सर्वेको यो छैठौं सर्वेक्षण हो । 

Tags: