post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन : मधेसमा गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेसमा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका हुन्।

अन्य समूहमा गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पुजा चौधरी निर्वाचित भएका छन्।

कांग्रेसका ढुंगानाले ७ हजार ३७० मतभार प्राप्त गर्दा जसपाकी चौधरीले ७ हजार ९२३ मतभार ल्याएकी छन्।

त्यस्तै अन्य समूहमै उम्मेदवारी दिएकी एमालेकी विजेता झाले २ हजार ४८४ र जनमतका रमाशंकर महासेठले ८१८ मतभार पाएका छन्।

महिला समूहतर्फ एमालेकी उषादेवी थरूनीले २ हजार ४४६ मत प्राप्त गरेकी छन्।

मधेस प्रदेसमा १०७ प्रदेससभा सदस्य रहेकोमा १०६ जनाले मतदान गरेका थिए।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी मुद्दामा दोषी ठहर भएका लोसपा संसदीय दलका नेतासमेत रहेका प्रदेससभा सदस्य अभिराम शर्माले मतदानमा भाग लिएनन्।

महोत्तरी जिल्ला अदालतले विक हत्यासम्बन्धी मुद्दामा शर्मालाई जन्मकैदको सजाय सुनाएको छ।

त्यस्तै स्थानीय तहतर्फ २७२ मतदाता रहेकोमा २६७ जनाले मतदानमा भाग लिएका थिए।

सप्तरीका ४ र रौतहटका १ गरी पाँच पालिकाका मेयर / अध्यक्ष निलम्बनमा छन्।

 

Tags: