post-slider post-slider

शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए

Image
A A

धनगढी– डोटीको शिखर नगरपालिकाका प्रमुख (मेयर) दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिवमाथि कुटपिट गरेका छन्। 

मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ। 

केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ। नाताले काका–भतिजा पर्ने उनीहरूबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ। 

गाउँबाट एक जना बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजानु परेपछि एम्बुलेन्सको खोजी भएको थियो। एम्बुलेन्स बिग्रिएको र बनाउन कुनै चासो नदिएको भन्दै मेयर बलायरले आफ्ना स्वकीय सचिवलाई गालीगलौज गरेका थिए। 

गालीगलौजकै क्रममा दुवै जनाबीच हात हालाहाल भएको र मेयर बलायरले पीए ठगुन्नामाथि प्रहार गरेको बताइएको छ।

पीए ठगुन्नाले भने आफूमाथि मेयरले खुकुरीले प्रहार गरेको बताएका छन्। सामाजिक सञ्जालमा उनले मेयरले आफूमाथि खुकुरी प्रहार गरेको बताएका हुन्। 

ठगुन्नालाई बिहीबार अस्पताल भर्ना गरिएको थियो। उनी साँझ नै उपचार गरेर घर फर्किसकेका छन्। घटनाको एकिन विवरण आउन बाँकी छ।

Tags: