post-slider post-slider

एकनारायणको नियुक्तिपछि दुई जना सचिवले दिए राजीनामा

Image
A A

काठमाडौं- महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि  राजीनामा दिएका छन्।

उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका हुन्।

यसअघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए।

सरकारले दुई दिनअघि मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्ति गरेको थियो। झन्डै एक वर्ष कनिष्ठलाई मुख्यसचिव बनाएपछि निजामती कर्मचारी प्रशासनको उच्च तहमा व्यापक असन्तुष्टि छ।  
 

Tags: