post-slider post-slider

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ३६ जना घाइते

Image
A A

काठमाडौं- भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। 

४३ जना सवार ना७ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो। सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ। तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ। 

Tags: