post-slider post-slider

आन्दोलनरत राहत शिक्षक र सरकारबीच शुक्रबार वार्ता

Image
A A

काठमाडौं- आन्दोलनरत राहत शिक्षक र सरकारबीच शुक्रबार वार्ता हुने भएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार बिहान ११ बजे शिक्षा मन्त्रालयमा सरकारसँग वार्ता हुने भएको हो।

आफूहरूले उठाएको माग सरकारले सम्बोधन नगरेको भन्दै राहत दरबन्दीका शिक्षकहरू नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन्।

सरकारसँग भएको वार्तामा ६ बुँदे सहमतिपछि नेपाल शिक्षक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि राहत शिक्षकहरू भने माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन्।

शिक्षक महासंघ र सरकारबीच भएको ६ बुँदे सहमतिले आफूहरूको माग सम्बोधन नगरेको राहत शिक्षकहरूको भनाइ छ।

शिक्षक महासंघले धोका दिएको भन्दै माग सम्बोधन नहुन्जेल आफूहरूको आन्दोलन जारी रहने रातह शिक्षकहरूले बताएका छन्

 

Tags: