post-slider post-slider

संयुक्त राष्ट्र संघका महासचिव कहिले आउँदैछन् नेपाल?

Image
A A

काठमाडौं- इजरायलमा हमासको आक्रमणपछि स्थगित भएको संयुक्त राष्ट्र संघ (युएन) का महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण अब हुनेछ।

महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन्।

महासचिव गुटेरेसको भ्रमणलाई लिएर युएन मुख्यालयस्थित उनको सचिवालय र न्युयोर्कस्थित युएनका लागि नेपालको स्थायी नियोगले महासचिव गुटेरेसको नयाँ भ्रमण तालिका टुंगो लगाएको हो।

नेपाली नियोगले परराष्ट्र मन्त्रालयसँग सहकार्य गरिरहेको छ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी भएका बेला नेपाल भ्रमणका लागि निम्तो दिएका थिए।

महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन्। र, महासचिवको रूपमा उनको यो दोस्रो कार्यकाल हो।

यसअघि महासचिव गुटेरेसले अक्टोबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने गृहकार्य भएको थियो।

तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उनको भ्रमण स्थगित भएको थियो।

नेपाल भ्रमणका क्रममा गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने बताइएको छ।

सन् २००८ मा युएनका तत्कालीन महासचिव वान कि मुनले नेपालको भ्रमण गरेका थिए।

त्योबेला पनि महासभामा भाग लिन जाँदा प्रधानमन्त्री दाहालले नै मुनलाई निम्तो दिएका थिए। र, पछि उनले नेपालको भ्रमण गरे।

 

Tags: