post-slider post-slider

त्रिवि उपकुलपति छनोटका लागि आज १४ जनाको अन्तर्वार्ता हुँदै

Image
A A

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ।

त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरूको अन्तर्वार्ता लिन लागेको हो।

आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता सुरु हुनेछ।

समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ।

त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ।

यसअघि त्रिविका सहकुलपति एवम् शिक्षा मन्त्री नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवारहरुबाट सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण लिएको थियो। ती १४ जनामध्ये ७-७ जनाको अन्तर्वार्ता दुई सिफ्टमा लिन लागिएको हो। 

Tags: