post-slider post-slider

नेतृत्व चयनका लागि एमालेको कोशी र कर्णाली प्रदेशमा आज मतदान

Image
A A

काठमाडौं- नेकपा एमालेको कोशी प्रदेश कमिटी र कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

कर्णालीमा प्रदेश निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा बिहान ८ बजेदेखि मतदान सुरू हुने छ।

अध्यक्षमा मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन्। शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।

त्यस्तै कोशीमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान गराउने तयारी छ। 

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्।

कोशीको नेतृत्वका लागि अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धा हुनेछ। उनीहरू जिल्लाको अध्यक्षका लडेको १४ वर्षपछि फेरि प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो।

एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ।

शुक्रबार सुरू भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि मतदाता छन्।

 

Tags: