post-slider post-slider

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारहरूले अनेकन् समस्या झेल्नुपरेकोतर्फ ध्यानाकर्षण गराउँदै कामदारहरूको हितमा काम गर्न निर्देशन दिए।

उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए।

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो।

कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

 

Tags: