post-slider post-slider

नेपाल रेल्वेको सेवा विस्तार

Image
A A

जनकपुरधाम- जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ।

भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालन हुने भएपछि नेपाल रेल्वेको सेवा विस्तार हुने भएको हो।

यसअघि जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म मात्रै सञ्चालन भइरहेको रेल अब महोत्तरीको बिजलपुरासम्म पुग्ने छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर थपिएको बताए।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर थपिएको हो।

अहिले कुर्थादेखि जयनगरसम्म ३४ किलोमिटर दूरीमा रेल सञ्चालन भइरहेको छ। 

कुर्थादेखि बिजलपुरासम्म १७ किलोमिटर थपिएपछि रेलखण्डको लम्बाइ ५१ किलोमिटर भएको हो।

महाप्रबन्धक झाले जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालनको शुभारम्भगर्न नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आउन लागेको बताए।

बिजलपुरासम्म रेल सञ्चालन हुने भएपछि समयतालिका फेरिएको छ।

अब महोत्तरीको बिजलपुराबाट बिहान ७ ः३० बजे जयनगरका लागि रेल छुट्नेछ। 

त्यस्तै जयनगरबाट साँझ जनकपुरधाम कुर्था हुँदै बिजलपुराका लागि रेल सञ्चालन हुने बताइएको छ।

यसअघि न्यारोगेज रहेको जनकपुर–जयनगर रेल भारत सरकारको सहयोगमा ब्रोडगेज निर्माण भएको हो।

नेपाल सरकारसँग भएको सम्झौताअनुसार भारतले सन् २०१४ देखि ब्रोडगेज विस्तार कार्य थालेको थियो।

निर्माण कार्य सम्पन्न भएपछि २०७८ कात्तिक ५ भारतले नेपाल सरकारलाई रेलमार्ग हस्तान्तरण गरेको थियो।

जयनगर–कुर्था रेलमार्गलाई ब्रोडगेजमा विस्तार गर्न ३८० करोड र कुर्थादेखि बिजलपुरासम्म २ सय करोड खर्च भएको भारत सरकारले जनाएको छ।

त्यस्तै नेपाल सरकारले ८४ करोड ६५ लाख खर्च गरेर भारतको कोंकण कम्पनीबाट दुईसेट रेल खरिद गरेको थियो।

हाल बिजलपुरासम्म सञ्चालनमा आउन लागेको रेल सेवालाई निकट भविष्यमा महोत्तरीको बर्दिवाससम्म पु¥याउने लक्ष्य लिइएको छ।

 

Tags: