post-slider post-slider

मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

Image
A A

काठमाडौं- वीरगञ्जमा मोटरसाइकल दुर्घटनामा परी एमबीबीएस अध्ययनरत दुई छात्रको मृत्यु भएको छ।

दुर्घटनामा वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा मेडिकल कलेजमा अध्ययनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषा सबैलाका २३ वर्षीय सुमित यादव रहेका छन्।

भिस्वाबाट भेडियाही जाने बाटोमा उनीहरू सवार प्रदेस २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक दुवैको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: