.png)

प्रिमियर लिगमा लिभरपुलको फराकिलो शीर्षस्थान

काठमाडौं - इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले गोल गरेका थिए।
यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ। न्यूक्यासालको २७ खेलमा ४४ अंक रहेको छ लिगमा छैटौं स्थानमा रहेको छ।
त्यस्तै, अर्को खेलमा आर्सनल भने नोट्टीङघम फोरेस्टसँग गोलरहित बराबरी खेलेको छ। यो बराबरीपछि आर्सनल शीर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडि परेको छ।
म्यानचेस्टर सिटीले टोटेनहमलाई १-० ले पराजित गरेको छ। युनाइटेडले इप्स्वीचलाई ३-२ गोलले पराजित गरेको छ।