post-slider post-slider

खोलामा डुबेर एकको मृत्यु, श्रीमान–श्रीमती बेपत्ता

Image
A A

जनकपुरधाम- धनुषामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

मंगलबार मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको खोलामा डुबेर मृत्यु भएको हो।

बसही खोलामा नुहाउने क्रममा उनी डुबेका थिए।

उनलाई उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

त्यस्तै कमला नदीमा बगेर श्रीमान–श्रीमती बेपत्ता भएका छन्।

गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार बेपत्ता भएका हुन्।

उनीहरू दुवै जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबारदेखि भइरहेको अबिरल वर्षाका कारण कमला खोलामा पानीको बहाव बढेको छ।

खोलामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन स्थानीयलाई सचेत गराएको छ।

 

Tags: