post-slider post-slider

भारत क्रिकेट विश्वकपको फाइनलमा

Image
A A

काठमाडौं- भारत विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

भारतले प्रस्तुत गरेको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ३२७ रन बनाउनसक्यो।

मुम्बईको वानखेडे स्टेडियममा खेलिएको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेको भारतले विराट कोहलीको कीर्तिमानी शतक र श्रेयय अय्यरको शतकीय इनिङको मदतले ३९७ रन जोडेको थियो।

खराब सुरूवात गरेको न्युजिल्यान्डका कप्तान केन विलियम्सन र डेरिल मिचेलले राम्रो साझेदारी गरे पनि टिमलाई जितको लक्ष्यसम्म पु¥याउन सकेनन्।

यो जितसँगै भारतले न्युजिल्यान्डसँग सन् २०१९ को विश्वकपको बदला लिएको छ।

अघिल्लो विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएर भारत विश्वकपबाट बाहिरिएको थियो।

न्युजिल्यान्डका लागि मिचेलले सर्वाधिक १३४ रन बनाउँदा कप्तान विलियम्सनले ६९ रन जोडे। त्यस्तै ग्लेन फिलिप्सले ४१ रनको योगदान दिए।

न्युजिल्यान्डका अन्य ब्याटरबाट उल्लेख्य प्रदर्शन हुनसकेन।

भारतका लागि मोहम्मद शमीले सर्वाधिक ७ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले १–१ विकेट लिए।

यसअघि विराट कोहलीको कीर्तिमानी ५० औं एकदिवसीय सतकको मद्तमा भारतले विश्वकप २०२३ को सेमिफाइनलमा न्युजिल्यान्डसामु जितका लागि ३९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

भारतका लागि विराटले ११७, श्रेयस अय्यरले १०५, शुभमन गिलले ८०, कप्तान रोहित शर्माले ४७ र केएल राहुलले ३९ रन बनाए।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो। कप्तान रोहित र गिलको ओपनिङ जोडीले भारतलाई बलियो सुरूवात दिलायो।

यी दुई ब्याटरले केवल ५.२ ओभरमा ७१ रनको साझेदारी गरे। 

९ औं ओभरमा रोहित टिम साउदीको बलमा आउट भए। उनले २९ बलमा ४७ रन बनाए।

रोहितले आफ्नो इनिङमा चार चौका र चार छक्का प्रहार गरे।

त्यसपछि गिल र विराटले ८५ बलमा ९३ रनको साझेदारी गरे। यो क्रममा गिलले ४१ बलमा अर्धशतक पूरा गरे।

गिल २३ औं ओभरमा रिटायर्ड हर्ट भए। पैवेलियन फर्किनुअघि उनले ६५ बलमा ७९ रन बनाएका थिए। गिलले ८ चौका र ३ छक्का प्रहार गरे।

विराटले श्रेयससँग १२८ बलमा १६३ रनको साझेदारी गरे। उनले १०६ बलमा सतक पूरा गरे। र, सचिन तेन्दुलकरको ४९ एकदिवसीय सतकको कीर्तिमान तोडे।

५० औं एकदिवसीय सतक बनाएका कोहलीले श्रेयससँग साझेदारी गरेर भारतको स्कोर ३ सय बढी पु¥याए।

विराट ११७ रन बनाएर साउदीको बलमा आउट आउट भए। तर, यसका बाबजुद रनको गतिमा न्युजिल्यान्डले ब्रेक लगाउन सकेन।

श्रेयसले ६७ बलमा सतक पूरा गरे। उनी १०५ रन बनाएर ट्रेन्ट बोल्टको शिकार भए।

सूर्यकुमार यादव केवल एक रन बनाएर आउट हुँदा केएल राहुलले तीब्र गतिमा खेलेर भारतको स्कोरलाई ३९७ सम्म पु¥याए।

राहुलले २० बलमा ३९ रन बनाए।

 

Tags: