post-slider post-slider

यस वर्षको एसइई लेटर ग्रेडिङ निर्देशिकाअनुसार

Image
A A

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ।

बोर्डले आगामी चैत १५ गतेदेखि २७ गतेसम्म एसइई सञ्चालन गर्न लागेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्डले चैत १५ गतेदेखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गरेको जानकारी दिँदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए।

उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अर्थात १०० पूर्णाङ्क रहेको विषयमा ३५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।

३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड (एनजी) आउने र विद्यार्थी फेल हुनेछन्।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ।

यस्तो अवस्थामा तीनपटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागु गरिसकेको छ।

 

Tags: