post-slider post-slider

प्यूठानमा कार दुर्घटनामा आठजना गम्भीर घाइते

Image
A A

प्युठान। स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्यूठानमा दुर्घटना भएको छ । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको हो।

कारमा दुई पुरुष, दुई महिला र चार बालबालीका गरी आठ जना सवार रहेको प्रजिअ कोइरालाले जानकारी दिए। कारमा सवार आठ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लगि जिल्ला अस्पताल विजुवार लगिएको लगिएको छ ।

कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो ।

Tags: