post-slider post-slider

त्रिकोणात्मक सिरिजबाट सन्दीपले लिए नाम फिर्ता

Image
A A

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी १ कात्तिकबाट सुरु हुन लागेको त्रिकोणात्मक टी-२० श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। बलत्कार आरोपपछि उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा लामो समयदेखि विचाराधीन रहेको अवस्थामा उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

मुद्दाकै कारण उनले पछिल्लो समय मानसिक तनाव भोगिरहेका छन्। पटक-पटक मुद्दा स्थगित हुँदै आएपछि उनले आफ्नो मानसिक अवस्थाका कारण परिवारसँग समय बिताउन भन्दै टी-२० श्रृंखलाबाट नाम फिर्ता लिएको जनाएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आगामी १ देखि १० कातिकसम्म सञ्चालन गर्ने तयारी गरेको छ।

उक्त प्रतियोगिता अघि सन्दीपले सामाजिक सञ्चालमार्फत् भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले भारी मनका साथ आउँदै गरेको प्रतियोगिताबाट नाम फिर्ता लिएको छु।’ उनले अगाडि लेखे ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु। यो बेला आफूले आफैंलाई पुनर्जीवित गर्न र परिवारसँग समय बिताउन चाहन्छु।’ उनले थपे ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु।’

Tags: