post-slider post-slider

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरबारस्थित दलको कार्यालयमा बेलुका ५ बजे बैठक सुरु हुने सचेतक निशा डाँगीले जानकारी दिइन्।

बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ। बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचनका विषयमा छलफल गरिनेछ।

यस्तै, संसद्‌मा रास्वपाका तर्फबाट दर्ता गराइएको संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल गरिनेछ।

पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा समेत छलफल गरिने सचेतक डाँगीले जानकारी दिइन्।

 

Tags: