post-slider post-slider

सौर्य एयरको जहाजमा क्याप्टेन मनिश शाक्यसहित थिए १९ जना

Image
A A

काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरको जहाजमा १९ जना रहेको बताइएको छ।

विमानस्थलका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बताए।

बिहान ११ बजे पोखरा उड्न लागेको जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाजबाट पाइलट क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी केएमसी अस्पताल सिनामंगल लगिएको छ।

अन्य यात्रुको अवस्थाबारे यकिन हुन सकेको छैन। जहाज उड्नेवित्तिकै जमिनमा खसेको हुनसक्ने बताइएको छ।

खसेको जहाज टुक्रा टुक्रा परेको छ भने आगलागी भएको छ। विमानस्थल क्षेत्रको वायुमण्डलमा ठूलो धुवाँको मुस्लो देखिएको छ।

Tags: