post-slider post-slider

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो।

सत्ता गठबन्धनको भागबन्डामा परेको ६ सिटका लागि उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

पौडेलका अनुसार कोसी प्रदेसबाट चम्पादेवी कार्की, बागमती प्रदेसमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेसमा मनरूपमा शर्मा, लुम्बिनी प्रदेसमा झक्कु सुवेदी, कर्णाली प्रदेसमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेसमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

सत्ता गठबन्धनको आइतबार बसेको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो।

सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो।

राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन दर्ता हुँदैछ भने माघ ११ गते निर्वाचनको मिति तोकिएको छ।

 

Tags: