आइपिएलमा पञ्जाव सनराइजर्ससँग २ रनले पराजित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो।
सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाएपछि खेल २ रनले हारेको थियो।
यसअघि पहिला ब्याटिङ गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो।
यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार व्यहोरेको छ।