post-slider post-slider

बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने

Image
A A

काठमाडौं- प्रहरीको गोली लागेर दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग आइतबार भएको बैठकमा बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय भएको हो।

बैठकमा सहभागी शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छानबिन आयोग ऐन, २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउन सुझाव दिएका हुन्।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकले आयोग गठन गर्ने बताइएको छ।

कोरियाली भाषा परीक्षा दिन  पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्याधिक शल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

आक्रोशित युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनीसमेत गरेका थिए।

 

Tags: