post-slider post-slider

ओली सरकार गठन भएकै दिन पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

Image
A A

काठमाडौं- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेकै दिन नेपाल आयल निगमले इन्धनमा भारी मूल्य बढाएको छ।

निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ। मुल्य बढेपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट मूल्यसूची बढेर आएकोले मूल्य बढाउनु परेको जानकारी दिएको छ।

Tags: