post-slider post-slider

सिन्धुलीमा एक व्यक्तिले गरे आफ्नो घाँटीमा खुकुरी प्रहार

Image
A A

काठमाडौं- सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन्।

दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

काका नाता पर्ने होमबहादुर बलम्पाकी मगरको घरभित्र कोही नभएको अवस्थामा पसेर खुकुरीले आफ्नै घाँटीमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ।

Tags: