post-slider post-slider

स्वदेश फर्किएर माधव नेपाल भने – म भाग्ने खालको मान्छे होइन

Image
A A

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार स्वदेश फर्किएका छन्।

युरोपका विभिन्न देशको भ्रमण छोट्याएर नेपाल स्वदेश फर्किएका हुन्।

अध्यक्ष नेपाल युरोपका स्विटजरल्यान्ड, स्पेन, क्रोसियालगायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर भदौ १ गते स्वदेश फर्किने कार्यतालिका रहे पनि उनी चार दिनअघि स्वदेश फर्किएका हुन्।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालसँग वयान लिन प्रहरीलाई अनुमति दिएको छ।

सर्वोच्चले यस्तो अनुमति दिएको भोलिपल्टै उनी युरोप भ्रमणमा निस्किएका थिए।

ललिता निवास, सुन प्रकरणलगायतका घटनाक्रमहरू विकसित भएकाले स्वदेश फर्कन पार्टीका नेताहरूले स्वदेश फर्कन उनलाई आग्रह गरेका थिए।

स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपथ्र्यो,’ उनले भने,‘गोली चल्ने बेलामा, गोली खाने बेलामा त नभागेको मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरी तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन।’

नेता नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषदबाट गरिएको निर्णयका कारण उनी ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका हुन्।

नेपालसँगै अर्का प्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि ललिता निवासमा प्रकरणमा जोडिएको छ।

भट्टराईले आफू अनुसन्धानमा सहयोग गर्न बयान दिन तयार रहेको यसअघि नै बताइसकेका छन्।

 

Tags: