post-slider post-slider

विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो

Image
A A

काठमाडौं - ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ। 

मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो। 

दुबैलाई यसअघि साउन १५ गते स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा ऊर्जा मन्त्रालयले सोही दिन नै दुवैलाई हटाएको थियो। 

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल बक्यौताको विवादमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ।

लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोर्‍याएका थिए। 
 

Tags: