post-slider post-slider

इयुको सहयोगमा ग्रीनसिफ्ट परियोजनाको शुभारम्भ

Image
A A

काठमाडौं- इयुको सहयोगमा क्रिएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भव्य शुभारम्भ गरेको छ।

बुधबार भरतपुरमा आयोजित कार्यक्रमबीच सो परियोजनाको समुद्घाटन गरिएको हो। बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र इयुका सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले सामूहिक रूपमा परियोजनाको उदघाटन गरे।

ग्रीन सिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुने छ। यस परियोजनाको प्रमुख उद्देश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रिएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गरिन्। उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पूर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले सहयोग गर्ने बताइन्।

त्यस्तै, विशिष्ठ अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानीय तहमा आगामी चार वर्षको अवधिमा सञ्चालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आतुर छु।’

त्यसैगरी, पूर्वसंघLय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको सुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए। क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पित भएको बताए। उनले इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरे।

उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए। उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे।

यसैगरी, इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन्। त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कविररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिकाबारे विचार व्यक्त गरे।

कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तव्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए। कार्यक्रममा परियोजना सञ्चालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरूको महत्व र यस्ता योजनाहरू थप गर्नुपर्नेमा जोड दिए।

क्रिएसन नेपालकी महासचिव सुजाता कोइरालासहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कुलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई स्वागतका गरेका थिए।

इयुको सहयोगमा सञ्चालित परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रिएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब रहेका छन्।

Tags: