post-slider post-slider

मकवानपुरमा टाटा सुमो दुर्घटना, १३ जना घाइते

Image
A A

काठमाडौं- मकवानपुरमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–५ मकैबारीमा मंगलबार बिहान ३ बजेर ३५ मिनेटमा मधेस प्रदेस ०३–००१ ज ०२८३ नम्बरको टाटा सुमो दुर्घटना भएको हो।

कुलेखानी मातातिर्थ हुँदैं वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको टाटा सुमो आफैं अनियन्त्रित भइ सडकबाट २० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गाडी चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षीय अनिलकुमार साह, भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचना कुमारी सूर्यवंशी, सोही स्थानकी ३५ वर्षकी गङ्गा देवी सूर्यवंशी, ३० वर्षकी मधु सूर्यवंशी, ३७ वर्षको इन्द्र सेन, ३१ वर्षकी रितु सूर्यवंशी, २९ वर्षकी सरोजनी देवी, ११ वर्षकी प्रतिभा सूर्यवंशी, २ वर्षकी दिव्या सूर्यवंशी, ४ वर्षको प्रतीक सूर्यवंशी, ३१ वर्षको विजय कुमार सूर्यवंशी, ३५ वर्षको अजय कुमार सूर्यवंशी र नाम थर नखुलेको ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

त्यस्तै दोलखाको बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

वडा नम्बर १ लामा बगरको जगातबाट देउलाङतर्फ जाँदै गरेको बा १४ च ९३३४ नम्बरको बोलेरो राइबेटारमा दुर्घटना हुँदा २० वर्षीया बालमाई तामाङ र १८ वर्षीया चिनिमाया तामाङको मृत्यु भएको छ।

 

Tags: