post-slider post-slider

देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्।

भूमे पर्वको अवसरमा नेपाल मगर संघले शुक्रबार खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले जनगणनामा भएका जातिहरू बारेका विषय स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने,‘नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतासहितको देश हो। यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो।’

प्रधानमन्त्री प्रचण्डले प्रकृतिको पुजा गर्नुपछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै अंग भएको बताए।

प्रचण्डले भने,‘ मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्य सहित यस्ता पर्वहरु मनाउने गरिएको हो। मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ। कृतिको पूजा एउटा समुदायमा मात्रको सिमित छैन। प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ।’

 

Tags: